काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६२.२७ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड ९८लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेको छ । साथै, बैंकको कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ।
असार मसान्तसम्मा बैंकको जगेडा कोष १३.४० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ६.९२ प्रतिशत बढेको छ भने कर्जा २६.८६ प्रतिशत बढेको छ। बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७ पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ १ सय ९२ रुपैयाँ रहेको छ।



