काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
त्यस्तै, यूरो १ को खरिददर १ सय ३० रुपैयाँ ७ पैसा र विक्रिदर १ सय ३० रुपैयाँ ६९ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७६ पैसाले बढेको छ ।
