images
images

बैंकहरुको निक्षेप एकैसाता ६३ अर्बले घट्यो


  • 425
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    बैंकहरुको निक्षेप एकैसाता ६३ अर्बले घट्यो

    काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एकै साता ६३ अर्बले घटेको छ । असार ३२ गतेको तुलनामा बैंकहरुको निक्षेप सो परिमाणले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको हो । यसअघि असार मसान्तमा बैंकहरुको निक्षेप ४५ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । 

    यसरी निक्षेप घट्नुमा नियामकीय प्रावधान प्रमुख कारण रहेको छ । असार मासन्तपछि बैंकहरुले निक्षेप गणनामा गरेका विभिन्न समायोजनका कारण निक्षेप घट्न पुगेको हो । 

    बैंकहरुले स्थानीय तहको खातामा रहेको रकमको निश्चित हिस्सा निक्षेपमा गणना गर्न पाउने सुविधा पाएका थिए । असार मसान्तसँगै यो सुविधा खारेज भएपछि यसमा प्रभाव परेको हो । 

    त्यस्तै, असार मसान्तमा सरकारले ठूलो खर्च गर्दा त्यो रकम बैंमा थुप्रिएको थियो । एक सातामा राजश्वमार्फत् सरकारी कोषमा रकम पुगेपछि यसले समेत निक्षेप प्रभावित भएको छ । 

    निक्षेपसँगै यो साता निक्षेप १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ । 


    images
    images

    Logo