काठमाडौं । सानिमा बैंकको नाफा घटेको छ । बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बैंकको नाफा १.०८ प्रतिशतले घटेको हो ।
बैंकले यस त्रैमासमा २ अर्ब २९ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक को सोही अवधिमा २ अर्ब ३१ अर्ब आर्जन गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ४ अर्ब ७६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५२ करोड रहेको थियो । खुद व्याज आम्दानी ५.३५ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब २५ करोड रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ०१ पैसा, र तरलता अनुपात २७.०७ प्रतिशत रहेको छ ।