काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ३४ प्रतिशतले बढेको छ । बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बैंकको नाफा ३४.४३ प्रतिशतले बढेको हो ।
बैंकले यस त्रैमासमा २ अर्ब १६ करोड नाफा आर्जन गरेको छ भने गत आर्थिक को सोही अवधिमा १ अर्ब ६० अर्ब आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
बैंकको खुद व्याज आम्दानी ५ अर्ब ७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३५ करोड रहेको थियो । खुद व्याज आम्दानी १४.२० प्रतिशतले बृद्धि भएको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७ पैसा रहेको छ।



