काठमाडौं । सिभिल लघुवित्तको नाफा १३.३९ प्रतिशतले बढेको छ । लघुवित्तले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार लघुवित्तको नाफा १३.३९ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्मा लघुवित्तको नाफा ७ करोड ३६ लाख रुपैयाँ रहेको छ । गतवर्ष यो रकम ६ करोड ४९ लाख रुपैयाँ रहेको थियो । जुन गतवर्षको तुलनामा १३.३९ प्रतिशतले बढि हो ।
लघुवित्ले खुद नाफासँगै खुद व्याज आम्दानी पनि बढाएको छ । चैत मसान्तसम्ममा खुद व्याज आम्दानी ३७.३१ प्रतिशतले बढेर २३ करोड ९६ लाख रुपैयाँमा पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १८.०६ प्रतिशत बढेको छ ।
असार मसान्तसम्म लघुवित्को प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसा घटेर २५ रुपैयाँ ५६ पैसामा झरेको छ। र प्रतिशेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ८५ पैसा रहेको छ । साथै असार मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ५४.१४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ५४.१४ प्रतिशत बढेको छ भने कर्जा ५७.१५ प्रतिशत बढेको छ।



