काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले १ अर्ब २ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्मा बैंकको नाफा सो परिणाममा बढेको हो । गतवर्षको तुलनामा यो रकम २२.५३ प्रतिशतले बढि हो । गत वर्ष सोही अवधिमा यस्तो रकम ८३ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी १ अर्ब ८८ करोड ६३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम १ अर्ब ३३ करोड ५९ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ४१.२० प्रतिशतले बढि हो । असार मसान्तसम्मा बैंकको निक्षेप संकलन १५.०६प्रतिशतले बढेको छ । त्यस्तै कर्जा लगानी ५८२.८९ प्रतिशतले ले वृद्धि गरेको छ ।
सञ्चालन नाफामा बैंकले १ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको तुलनामा यो २३.१४ प्रतिशत बढी हो । बैंकको प्रतिशेयर आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १ सय ८ रुपैयाँ ४ पैसा रहेको छ ।



