काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण साउन २१ गतेभित्र सार्वजनिक गरिसक्नु पर्ने भएको छ । बिहिवार राष्ट्र बैंकले परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकबाट क,ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो ।गत वर्ष राष्ट्र बैंकले साउन मसान्तसम्मको समय दिएकोमा यो पटक भने २१ दिन भित्र नै विवरण प्रकाशन गर्न निर्देशन दिएको छ ।
वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।



