काठमाडौं । एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंकका खुद नाफासँगै खुद ब्याज आम्दानी पनि बढेको छ । असारमसान्तसम्मा बैंकको खुद व्याज ११ अर्ब ७७ करोड २१ लाख रुपैयाँ पुगेको छ । यो गतवर्षको तुलनामा २७.५८ प्रतिशतले बढि हो । यस्तै सञ्चालन मुनाफा ३३.५९ प्रतिशत बढेको छ। बैंकले असार मसान्तसम्ममा यो रकम ६ अर्ब ४० करोड रुपैयाँमा पुर्याएको छ ।
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। चौथो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९५ पैसा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २ सय १६ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.७९ गुणा रहेको छ।



