काठमाडौं । अमेरिकी डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ २९ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २८ रुपैयाँ २९ पैसा खर्च गर्नुपर्ने भएको छ ।
डलरले पछिल्लो डेढ महिनायता नयाँ नयाँ रेकर्ड राख्दै आएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि उत्तिकै कमजोर हुन्छ। अमेरिकी डलरसँग भारतीय मुद्रा हालसम्मकै उच्च दरमा कायम भएपछि यसको प्रभाव नेपाली मुद्रामा परेको हो।
