images
images

लगातार बढेको निक्षेपमा लाग्याे ब्रेक, एकैदिन घट्यो २९ अर्ब


  • 834
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    लगातार बढेको निक्षेपमा लाग्याे ब्रेक, एकैदिन घट्यो २९ अर्ब

    काठमाडौं । निरन्तर रुपमा बढिरहेको बैंकहरुको निक्षेपमा ब्रेक लागेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार साउन २ गते बैंकहरुको निक्षेप एकैदिन २९ अर्ब रुपैयाँले घटेको हो । 

    राष्ट्र बैंकका अनुसार साउन १ गते ५१ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप साउन २ गतेहुँदा २९ अर्ब रुपैयाँले घटेर ५० खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि घटेको छ । साउन १ मा ४५ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा २ गते हुँदा २७ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ । 

    साउन २ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले घटेको छ ।  २ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ ६खर्ब ९ अर्ब रुपैयाँ रहेको छ । 

    सोही समयमा  बैंकहरुको कर्जा लगानी पनि ३ अर्बले घटेको छ । साउन २ गते बैंकहरुको कर्जा लगानी ४६ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ । जसमा वाणिज्य बैंकको ३ अर्बले घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५ खर्ब ३१ अर्ब रुपैयाँमा स्थिर रहेको छ । 

    यस्तै,साउन २ गते बैंकहरुको औसत सीडी रेसियो ८७.८०  प्रतिशत रहेको छ भने अन्तरबैंक व्याजदर ६.९९ प्रतिशत रहेको छ । 


    images
    images

    Logo