images
images

एनिमेसनमा पाँच करोड किन ? मेयरलाई सोध्नुस् !


  • 552
    SHARES
  • २०७९ श्रावण ३ गते मंगलबार

    एनिमेसनमा पाँच करोड किन ? मेयरलाई सोध्नुस् !

    काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि ५ करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ दिएका छन् । 

     मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गरेको अधिकारीहरूको भनाइ छ। एउटै शीर्षकमा यतिधेरै बजेट व्यवस्था गरेकोमा महानगरका कर्मचारी अचम्मित भएका छन्। अधिकांश उच्च तहका कर्मचारीलाई यो बजेट केका लागि हो भन्ने जानकारी भएको पनि पाइएन। 

    मेयर साहले सूचना प्रविधि  विभागअन्तर्गत सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको यातायात प्रविधि उपक्षेत्रमा यो विषय समावेश गरिएको छ। बजेट तथा कार्यक्रमका १२७१ नम्बरको बुँदामा उक्त विषय समावेश गरिएको छ। बजेट छलफल हुँदा यो विषय समावेश भएको थिएन, अकस्मात बजेटमा उल्लेख भएर आयो काठमाडौं महानगरपालिकाका उच्च अधिकारीले भने।

    कामपाले सूचना तथा प्रविधि विभागअन्तर्गत ५८ वटा शीर्षकमा बजेट विनियोजन गर्ने जनाएको छ । सो शीर्षकमा डाटा सेन्टर, सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्न, अन्तरिक्ष र भूउपग्रहबारे अध्ययन गर्न १ करोड, गीत संगीत रोयल्टी तथा स्रष्टा सम्मान गर्न १० लाख रुपियाँ विनियोजन गरिएको छ ।


    images
    images

    Logo