काठमाडौं । आरएसडिसी लघुवित्तको नाफा ४८.४५ प्रतिशतले बढेको छ । लघुवित्तले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार लघुवित्तको नाफा ४८.४५ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गतवर्ष यो रकम ९ करोड १० लाख रुपैयाँ रहेको थियो । जुन गतवर्षको तुलनामा ४८.४५ प्रतिशतले बढि हो ।
लघुवित्तले खुद नाफासँगै खुद व्याज आम्दानी पनि बढाएको छ । चैत मसान्तसम्ममा खुद व्याज आम्दानी ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख रुपैयाँमा पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ४९.६५ प्रतिशत बढेर १९ करोड ३१ लाख रुपैयाँमा पुगेको छ । ।
असार मसान्तसम्म लघुवित्को प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ १ सय २६ रुपैयाँ रहेको छ ।



