काठमाडौं । सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले संस्थापक समुहमा रहेको कुल २५ लाख कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो
उक्त शेयरको न्युनतम मूल्य २ सय रुपैयाँ तोकिएको छ । साथै सो शेयरमा आवेदन दिँदा न्युनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्ने समेत बैंकले जनाएको छ ।
सो शेयर संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि सर्वासधारणलाई विक्री गर्न लागिएको हो ।उक्त संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक सर्वासधारणहरुले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।