काठमाडौं । पोखरा फाइनान्सले १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सो फाइनान्समा रहेको ३ संस्थापकले आफ्नो नाममा रहेको कुल १ लाख २० हजार ५ सय ५९ कित्ता शेयर किक्री गर्न लागेका हुन् ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले ३५ दिन भित्र फाइनान्समा आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले त्यसको लागि आवश्यक विवरण खुलाई तोकिएको समय भित्र बोलपत्र पेश गर्न सकिनेछन् ।
संस्थापक शेयर विक्री गर्न चाहेन संस्थापकहरुमा शंकर पराजुलीको नाममा रहेको २७ हजार ६ सय ४९ कित्ता, यस्तै तेज बहादुर गुरुङको नाममा रहेको ३६ हजार ६ सय १० कित्ता र चिन्त बहादुर गुरुङको नाममा रहेको ५५ हजार ३ सय कित्ता शेयर विक्रीमा रहेको फाइनान्सले जनाएको छ ।