काठमाडौं । शुक्रवार डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । डरल बलियो बन्दा नेपाली रुपैयाँ झनै कमजोर बन्दै गइरहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ११ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
पछिल्लो समय अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ । यसअघि बिहिवार १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७२ पैसा कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो। सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको हाे ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ।
डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू आयात गर्दा नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर नेपाली अर्थतन्त्रमा समेत देखिन्छ ।
यस्तो छ अन्य देशको विनिमयदर :




