कामठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विच मर्जरको सहमति भएको छ । आज साँझ होटल अलफ्टमा दुबै कम्पनी विचमा बराबरी हैसियतमा मर्जरको सहमति भएको हो ।
सहमपत्रमा प्रभु लाइफका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका छन् । मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहने भएको छ ।
मर्जर पछि बन्ने कम्पनीले सर्वसाधारण र संस्थापकको शेयर संरचना मिलाउनका लागि एफपिओ निष्काशन गर्नेछ । दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा मर्जरमा गएसँगै दुई कम्पनी मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।