images
images

प्रभु र महालक्ष्मी लाइफबीच मर्जर हुँदै


  • 236
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    प्रभु र महालक्ष्मी लाइफबीच मर्जर हुँदै

    काठमाडौं ।  प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विच मर्जर हुुने भएका छन् । जसका लागि आजै यी दुबै कम्पनीले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएका हुन् ।

    दुई इन्स्योरेन्स कम्पनी मर्जपछि १ः१ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता गर्ने भएका छन् । विहीबार बेलुका ६ बजे दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  

    मर्जरपश्चात ‘प्रभु महालक्ष्मी लाइफ’को नामबाट कारोबार सुरु हुने भएका छन् । हाल प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रूपैयाँ रहेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ भने मर्जरपश्चात  नयाँ कम्पनीको संयुक्त चुक्ता पुँजी ४ अर्ब १० करोड रूपैयाँ पुग्नेछ । 

     


    images
    images

    Logo