images
images

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने,  आजदेखि कारोबार रोक्का


  • 548
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने,  आजदेखि कारोबार रोक्का

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने अन्तिम सहमति गरेका छन् । आज बिहान  ९  बजे दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

    सहमतिपत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलको तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सगरमाथा   र लुम्बिनी जनरल  इन्स्योरेन्स  कम्पनीले सहमति जुटाएका हुन् ।

    हाल सगरमाथाको  चुक्ता पूँजी १  अर्ब ३३  करोड रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब ३१  करोड रुपैयाँ रहेको छ ।  मर्जरमा जाने सहमति गरेसँगै यी दुबै कम्पनीको नेप्सेले शेयर कारोबार आजदेखि रोक्का हुने भएको हो ।

     


    images
    images

    Logo