काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिन प्रति दिन थप कमजोर हुँदै गएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विरिण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७२ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
पछिल्लो समय अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ । यसअघि बुधवार १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ६६ पैसा कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो। सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको छ ।
भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय रुपैयाँसँगै प्रभावित बनिरहेको छ ।अमेरिकी डलरसँग भारतीय मुद्रा हालसम्मकै उच्च दरमा कायम भएपछि यसको प्रभाव नेपाली मुद्रामा परेको हो।




