काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई गाभिने भएको छ । दुई बैंक बीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार मर्जर पछिको बैंकमा सिभिल बैंकले ०.८१ स्वाप रेशियो प्राप्ति गर्ने छ । बैंकमा हिमालयन बैंकका अशोक राणा प्रमुख कार्यकारी अधिकृत बन्ने छन् भने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखेल डेपुटी सीईओ बन्नेछन् ।
सञ्चालक समितिमा भने सिभिल बैकको कुनै पनि प्रतिनिधित्व हुने छैन ।