images
images

एनसीसी बैंकको २६ लाख कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने


  • 477
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    एनसीसी बैंकको २६ लाख कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले  संस्थापक समुहमा रहेको कुल २६ लाख ३३ हजार १ सय ३३ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    बैंकले न्युनतम बिक्री मुल्य १ सय ३१ रुपैयाँमा उक्त शेयर संस्थाक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सो शेयरमा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरु तथा अन्य व्यक्तीहरुले साउन ११ गते कार्यलय समयभित्र बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । 


    images
    images

    Logo