images
images

अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा


  • 700
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा

    काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ४१ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २७ रुपैयाँ ४१ पैसा खर्च गर्नुपर्ने भएको छ । 

    पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । यस अघि असार २२ अमेरिकी डलर एकको खरिद दर अधिकतम  १ सय २७ रुपैयाँ ३० पैसा कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो। सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको छ । 

    रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

    binimaya.JPG


    images
    images

    Logo