काठमाडौं । नबिल बैंक र नेपाल बैंगलादेश (एनबी) बैंकको एकीकृत कारोवार सोमबार(भोली) देखि नहुने भएको छ । बैंकले आइतबार सुचना जारी गर्दै यस्तो जनाएको हो ।
दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा बैंकले भोली बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने भएको छ । जसका कारणले गर्दा दुवै बैंकको एकीकृत कारोबार भोलि अर्थात् सोमबारबाट नहुने भएको हो ।
दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्नेका लागि बैंकले असार २४ गते शुक्रबारदेखि असार २७ गते दुवै बैंकको कारोवार बन्द गरेको थियो । त्यसपछि सोमबारबाट कारोवार सुरुहुने भनिएपनि बैंकले सुचना जारी गर्दै सोमबार पनि कारोवार बन्द रहने बैंकले जनाएको छ ।
