काठमाडौं । सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि सो बराबरको बजेट घोषणा गरेका हुन् ।
सो बजेटमध्ये चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगत खर्चतर्फ ३ खर्र्ब ४७ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब १० करोड छुट्याइएको छ । यसअघि चालु खर्चमा समावेश थरिने गयरएका वित्तीय अनुदानतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड छुट्याइएको छ ।
बजेटको स्रोततर्फ राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड, अनुदानतर्फ ६३ अर्ब ३७ करोड, वैदेशिक ऋणतर्फ ३ खर्ब ९ अर्ब २९ करोड तथा आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब जुटाइनेछ ।