काठमाडौं । निजामति कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको छ । सबै तहका कर्मचारीका लागि एकमुष्ठ रुपमा उक्त तलब बढाइएको हो । अर्थकन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत् यस्तो घोषणा गरेका हुन् ।
कर्मचारीका लागि १० लाखसम्मको दुर्घटना बीमा र १ लाखसम्मको स्वास्थ्य बीमा शुल्क समेत सरकारले व्यहोर्ने भएको छ । कर्मचारीहरुको आवासका लागि कर्मचारी सञ्चाय कोष र नागरिक लगानी कोषमार्फत् सामुहिक आवास निर्माण गर्ने योवजा समेत अघि सारिएको छ ।