काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको प्रत्येक वर्ष स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यस्तो व्यवस्था गरेको हो ।
यसअन्तर्गत आँखा, कान लगायतका परीक्षण हुने अर्थमन्त्री विष्णु पौडेलले बताए ।