काठमाडौं । स्नातक तह उर्तीण गरेका व्यक्तिले अब ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् ।
आफ्नै व्यवसाय सञ्चालनका लागि सरकारले सो बराबरको सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको हो । अर्थमन्त्री विष्णु पाैडेलले आगामी वर्षको बजेट घोषणा गर्दै उक्त जानकारी दिएका हुन् ।
सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धनका लागि १ अर्बको च्यालेन्ज फण्ड घोषणा समेत गरेको छ ।