काठमाडौं । सरकारले कोरोना महामारीको उपचारका लागि ३७ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले यसका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेका हुन् ।
पौडेलले यो वर्ष खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेका छन् । १०० भन्दा बढी शैया भएका अस्पतालमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गर्दै सरकारले यस्तो प्लान्ट स्थापना गर्दा आयात गर्नुपर्ने सबै सामानको भन्सार र भ्याटमा पूरै छुट दिइएको छ ।