images
images

दुर्गा प्रसाइँको सहयोग प्रस्ताव उज्जवल थापाका परिवारद्वारा अस्वीकार


  • 1.5K
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    दुर्गा प्रसाइँको सहयोग प्रस्ताव उज्जवल थापाका परिवारद्वारा अस्वीकार


    काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारमा लाग्ने सबै खर्च व्यहोर्न बि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले गरेको प्रस्ताव थापाका परिवारले अस्वीकार गरेका छन् । 

    प्रसाइँको विज्ञप्तीको केही समयपछि थापाका परिवारका तर्फबाट विज्ञप्ती जारी गर्दै यस्तो सहयोग अस्वीकार गरेको जनाइएको छ । हालसम्म थापाको उपचारका लागि विदेशबाट अमेरिकी डलर २२ हजार २ सय ९१ र नेपाली बै‌क खातामा २६ लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको पनि विज्ञप्तीमा जनाइएको छ ।  

    यस्तो छ, थापाको परिवारको तर्फबाट जारी भएको विज्ञप्ती

     

    उज्वल थापाको स्वास्थ्य स्थितिको बारेमा जानकारी

    नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएको तपाईंहरूलाई अवगतै छ । यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ । 

    चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ । यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ । 

    सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।

     

    उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट, 

     २०७८ जेठ १५ गते


    images
    images

    Logo