images
images

उज्ज्वल थापाको उपचार खर्च पूरै व्यहार्ने दुर्गा प्रसाइँको घोषणा


  • 4.3K
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    उज्ज्वल थापाको उपचार खर्च पूरै व्यहार्ने दुर्गा प्रसाइँको घोषणा

    काठमाडौं । वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको सम्पूर्ण उपचार खर्च आफैं व्यहोर्ने घोषणा गरेका छन् । शनिबार विज्ञप्ती जारी गर्दै प्रसाइँले यस्तो घोषणा गरेका हुन् ।

    वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा विवेकशील साझा पार्टीले विरोध गर्दै आएको छ । त्यसमा नेता थापा फ्रन्टलाइनमा रहेर विरोध गर्दै आएका छन् । 

    कोरोनाको कारण थापा अहिले भेन्टिलेटरमा छन् । उनको उपचारका लागि सहयोग संकलन भइरहेको अवस्थामा प्रसाइँले यस्तो घोषणा गरेका हुन् । 

    B & C.jpg


    images
    images

    Logo