काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अन्तर्गत राष्ट्रपतिले संसदमा गर्नुपर्ने सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।
संसद भएको अवस्थामा प्रत्येक वर्षको जेठ १५ गते बजेट आउनुभन्दा अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने प्रचलन छ । यो वर्ष संसद विघटन भएपछि ओलीले राष्ट्रको नाममा सम्बोधन गरेरै नीति तथा कार्यक्रमको विषय प्रस्तुत गरेका हुन् ।
यद्यपि उनले केही राजनीतिक विषय र अन्तरपार्टी कलहको बारेमा समेत सो सम्बोधनमा बोलेका छन् ।