images
images

१८ वटा सार्वजनिक संस्थानको खुद घाटा ९९.४६ प्रतिशत बढी


  • 577
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    १८ वटा सार्वजनिक संस्थानको खुद घाटा ९९.४६ प्रतिशत बढी

    काठमाडौं । हाल रहेका ४४ संस्थान मध्य १८ वटा संस्थान घाटामा गएका छन् । 

    यिनीहरूको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको हो  । 

    शुक्रबार सार्वजनिक भएको सार्वजनिक संस्थानको वार्षिक स्थिती समीक्षाले १८ संस्थान नोक्सानमा गएको देखाएको हो । 

    तर २४ वटा संस्थान भने नाफामा रहेको देखिएको छ । उनीहरुको नाफा ४.२८ प्रतिशतले बढेको हो । 

    संस्थानहरूमा नेपाल सरकारको कुल लगानी गत बर्षको भन्दा ११.८२ प्रतिशतले बृद्धि भएको छ ।

    सार्वजनिक संस्थानमा सरकारको लगानी आर्थिक वर्ष २०७६÷०७७ मा ७ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।  

    विद्युत उत्पादन प्रसारण लाइन, विमानस्थल निर्माण, खानेपानी वित्तीय क्षेत्रमा केही लगानी बृद्धि जस्ता कारणले सरकारको लगानी बढ्न गएको हो । 


    images
    images

    Logo