images
images

नेपालमा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी,कति निको भए, कति थपिए ? 


  • 558
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    नेपालमा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी,कति निको भए, कति थपिए ? 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । 

    यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । 

    आज २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । 

    योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

    हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।

    त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।


    images
    images

    Logo