images
images

 चिकित्सक र नर्सहरू कुटपिट गर्ने एमाले प्रदेश सदस्यमाथि कारवाहीको माग


  • 732
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

     चिकित्सक र नर्सहरू कुटपिट गर्ने एमाले प्रदेश सदस्यमाथि कारवाहीको माग

    काठमाडौं ।  भेरी अस्पतालमा गए राति ५४ वर्षीय सङ्क्रमित व्यक्तिको मृत्यु भएपछि स्वास्थ्यकर्मी माथि गरिएको आक्रमणमा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका थिए ।

    नेपालगञ्जका चिकित्सक र नर्सहरूमाथि आक्रमण गर्नेमाथि कारवाही गर्न लुम्बिनी प्रदेशसभाको नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ । 

    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर रावत लगायतले स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोप लागेको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै  संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले डाक्टर र नर्समाथि आक्रमण एवं अस्पताल तोडफोडको घटना अत्यन्त निन्दनीय,घृणित,निर्लज्ज एवं घोर अपराधिक कार्य भएको ठहर  गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    चिकित्सक र नर्समाथि आक्रमण भएको भन्दै घटनाको चौतर्फी विरोध भइरहेको छ ।


    images
    images

    Logo