images
images

पछिल्लो १० महिनामा नेपालमा ३२ अर्ब बढी मूल्य बराबरको मोबाइल फोन आयात


  • 448
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    पछिल्लो १० महिनामा नेपालमा ३२ अर्ब बढी मूल्य बराबरको मोबाइल फोन आयात

    काठमाडौं । कोरोना महामारी र यसले निम्त्याएको लकडाउनका कारण मोबाइल  फोन प्रयोगकर्ताको संख्यामा व्यापक वृद्धि भएको छ । 

    चालु आवको साउन देखि बैशाखसम्म नेपालमा ३२ अर्ब ९ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकले जनाएको छ ।

    गत बर्षको तुलनामा यो बर्षको १० महिनामा १८ अर्ब बढीका मोबाइल सेट आयात भएको तथ्यांकमा देखिन्छ । 

    यस अवधिमा नेपालमा सबैभन्दा बढि मोबाइल सेट चीनबाट भित्रिएका विभागको तथ्यांकमा उल्लेख छ । 

    तथ्यांकअनुसार चीनबाट पछिल्लो १० महिनामा १९ अर्ब ५४ करोड रुपैयाँ बराबरका ५२ लाख ३३ हजार बढि थान मोबाइल सेट भित्रिका हुन् । 

    यस्तै भारतबाट मात्रै यस अवधिमा नेपालमा ११ अर्ब १ करोड रुपैयाँ बढीका ८ लाख २९ हजार बढि सेट भित्रिएका हुन् । 

    नेपालले सबैभन्दा बढि मोबाइल सेट आयात गर्ने देशहरुको तेस्रो र चौथो स्थानमा भियतनाम र अमेरिका रहेका छन् ।

    उक्त देशहरुबाट नेपालले चालु आवको १० महिनामा क्रमशः १ अर्ब २४ करोड २ लाख र ६ करोड ११लाख ६४ हजार हजार रुपैयाँ बराबरका मोबाइल सेट भित्र्याएको छ । 

    यस्तै नेपालले कोरिया, टर्की, युक्रेन, स्पेन, स्विजरल्याण्ड, स्वीडेलनलगायत ३५ बढी देशबाट मोबाइल सेट भित्राएको छ ।


    images
    images

    Logo