काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित एक लाख ८६ हजार ३६४ थपिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यो केहि दिन यताकै संक्रमण दरमा कमि देखिएको बताइएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार नाघेको छ ।
उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २२३ लाख ४३ हजारमा झरेको छ ।
अहिलेसम्म भारतमा २० करोड ५७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।