काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाउपर आजदेखि हुन लागेको सुनुवाईमा संवैधानिक इजलासमा बस्ने ५ जना न्यायाधीशको टुंगो लागेको छ ।
जसअनुसार प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणा र न्यायाधीशहरु दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् ।