images
images

 सरकारद्वारा ३ देशका लागि हप्तामा एक दिन उडान गर्ने निर्णय


  • 392
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

     सरकारद्वारा ३ देशका लागि हप्तामा एक दिन उडान गर्ने निर्णय

    काठमाडौं । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ।

    बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप ३ देशमा एक दिन उडान गर्न दिने निर्णय गरेको छ।
    हाल हप्तामा एक दिन भारतमा मात्र उडान हुने गरेको छ। 

    मन्त्रिपरिषदको वैठकले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निर्णय समेत गरेको छ।

    एउटा खोप मात्र लगाएका तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंकै होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ।

    वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।


    images
    images

    Logo