images
images

संसद विघटनसम्बन्धी २८ मुद्दामा आजदेखि सुनुवाई हुँदै, देशको भविष्य ५ न्यायाधीशको हातमा


  • 995
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    संसद विघटनसम्बन्धी २८ मुद्दामा आजदेखि सुनुवाई हुँदै, देशको भविष्य ५ न्यायाधीशको हातमा

    काठमाडौं । संसद विघटन लगायतको २८ वटा मुद्दामा आजदेखि सुनुवाई सुरु हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि ती मुद्दाउपर सुनुवाई हुने भएको हो । 

    विश्वासको मत नै नलिई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार गरेको प्रधानमन्त्री नियुक्तिको आह्वान, त्यसउपर परेका दाबीमा राष्ट्रपतिले लिएको निर्णय एवं धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भए नभएको बारेमा इजलासले टुंगो लगाउनेछ । 

    यो मुद्दाका लागि संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणा र न्यायाधीशहरु दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने गरी पेशी तोकिएकाे छ।


    images
    images

    Logo