काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउने मुलुकहरुमा चीन पहिलो स्थानमा रहेको छ ।
बुधबारसम्म चीनले झण्डै ५६ करोड डोज खोप लगाइसकेको छ ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स अनलाइनका अनुसार चीनले पछिल्ला केही दिनयता हरेक दिन २ करोड डोज खोप लगाइरहेको छ ।
बुधबारसम्म विश्वभर झण्डै १ अर्ब ७० करोड डोज खोप लगाइएकोमा त्यसको ६० प्रतिशत खपत मुख्य तीन मुलुकहरु चीन, अमेरिका र भारतले गरेका छन् ।
दोस्रो नम्बरमा रहेको अमेरिकाले झण्डै २८ करोड डोज खोप लगाइसकेको छ भने भारतले २० करोड डोज खोप लगाएर तेस्रो स्थानमा पुगेको छ ।
अहिलेसम्म २७ लाख डोज खोप लगाइसकेको नेपाल यो सूचीको ५१ औं स्थानमा रहेको छ ।
भारतले सहयोग दिएको १० लाख डोज, सेरमसँग किनेको १० लाख डोज र चीनले अनुदान दिएको ८ लाख डोज खोप नेपाल आएको छ ।
चीनले थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ ।
नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो ।



