images
images

अबको ३ दिनसम्म मौसम नखुल्ने, भारी वर्षादेखि हिमपातको सम्भावना, कहाँ कस्तो अवस्था ? 


  • 919
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    अबको ३ दिनसम्म मौसम नखुल्ने, भारी वर्षादेखि हिमपातको सम्भावना, कहाँ कस्तो अवस्था ? 

    काठमाडौं । आगामी ३ दिन देशको मौसम नखुल्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो अवधिमा हल्का हावाहुरी, वर्षादेखि भारी वर्षा र हिमपातसम्मको सम्भावना छ । 

    यो अवधिमा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि भारी वर्षा हुन सक्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र उच्च पहाडी भुभागमा भारी हिमपातको सम्भावना छ । यो क्रम शुक्रबार राती पनि जारी रहने जनाइएको छ । 

    भोलि वर्षा केही कम भए पनि मौसम भने सफा हुने छैन । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा भोलि पनि भारी वर्षाको सम्भावना छ । यो अवस्था शनिबार रातीदेखि आइतबार दिनभर समेत रहनेछ । 

    भारतमा आएको चक्रबात उत्तरपश्चिम पश्चिम सर्ने क्रममा कमजोर भई न्यूनचापीय क्षेत्रको प्रभाव रहेका कारणले यस्तो सम्भावना देखिएको महाशाखाले जनाएको छ ।


    images
    images

    Logo