images
images

उपत्यकामा आजदेखि कठोर निषेधाज्ञा, उल्लंघन गर्नेलाई जरिवाना र कैद, अब के के गर्न पाइँदैन ?


  • 754
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    उपत्यकामा आजदेखि कठोर निषेधाज्ञा, उल्लंघन गर्नेलाई जरिवाना र कैद, अब के के गर्न पाइँदैन ?

    काठमाडौं । काठमाडौं उपत्यकामा करिब १ महिनादेखि हुँदै आएको निषेधाज्ञा आजदेखि थप कडा हुँदैछ । यसअघि अत्यावश्यक सेवा सञ्चालनका लागि खुकुलो रहेको निषेधाज्ञामा शुक्रबारदेखि कडाई गर्न सुरु गरिएको हो । 

    उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार आजदेखि मर्निङ वाग जान समेत पाइने छैन । अत्यावश्यक कामका लागि निस्किनुपर्दा दुई व्यक्तिबीच २ मिटरको दूरी कायम गर्नै पर्नेछ । यो अवधिमा विवाह ब्रतबन्ध लगायत सामाजिक कार्यहरु गर्न प्रतिबन्ध लगाइएको छ भने नियमित बाहेकका पूजाआजामा समेत स्रतिबँध लगाइएको छ । 

    यसअघि खुला  रहेका खाद्यान्न सामाग्रीका पसल र डिपार्टमेन्टल स्टोरहरु पनि एक सातासम्म पूर्ण रुपमा बन्द गरिएका छन् । यद्यपि जिल्ला प्रशासन कार्यालयले यो अवधिमा खाद्यान्न आवश्यक परे घरसम्म ढुवानी गर्ने व्यवस्था गर्ने जनाएको छ । तत्कालै आवश्यक हुने प्रवृत्तिका तरकारी, डेरी पसलहरु पनि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खुला रहनेछन् ।  

    आजसम्म निषेधाज्ञा अवज्ञा गर्नेलाई सामान्य सोधपुछ गर्ने र अनावश्यक रुपमा हिँडेको पाइए केही समय होल्ड गर्ने गरिएकोमा शुक्रबारदेखि जरिवाना र कैद सजायको व्यवस्था समेत गरिएको छ । जसअनुसार व्यक्तिलाई एकपटकमा २ सय रुपैयाँ र २ पाँग्रे सवारी साधनलाई २ हजार रुपैयाँ र सोभन्दा ठूला सवारीसाधनलाई एक पटकमा ५ हजार रुपैयाँ जरिवाना गराउनसक्ने व्यवस्था गरिएको छ । 

    त्यस्तै, केही समय अघि मात्रै जारी भएको कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश अनुसार कोभिड नियन्त्रणसम्बन्धी कार्यमा अवरोध गर्नेलाई १ वर्ष कैद देखि ५ लाख रुपैयाँ जरिवानाको व्यवस्था समेत गरिएको छ । 

    अध्यादेशको मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । 


    images
    images

    Logo