images
images

न्यून आय भएका उपभोक्ता मारमा पर्ने भन्दै किराना पसल खोल्न नदिने निर्णय फिर्ता लिन चेम्बरको माग


  • 690
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    न्यून आय भएका उपभोक्ता मारमा पर्ने भन्दै किराना पसल खोल्न नदिने निर्णय फिर्ता लिन चेम्बरको माग

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले न्यून आय भएका उपभोक्ता मारमा पर्ने भन्दै किराना पसलहरू बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ । दैनिक खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरूलाई सरकारको गरेको यो व्यवस्थाले मर्का पर्ने भन्दै चेम्बरले निर्णय फिर्ता लिन भनेको हो । 

    ‘किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरू सर्वसाधारणलाई सुलभ आपूर्ति हुादैन,’ चेम्बरद्वारा  जारी प्रेस विज्ञप्तीमा भनिएको छ । तोकिएको मापदण्डको पालना गर्दै भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साविक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकायसमक्ष चेम्बरले अनुरोध गरेको छ । 

    काठमाडौँका प्रमूख जिल्ला अधिकारीबाट नयां भेरियन्टको कोभिड–१९ महामारीको संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै किराना पसलहरु बन्द गर्ने निर्णय गरेका थिए । आज राति १ बजेदेखि सो निर्णय लागू हुँदैछ । 


    images
    images

    Logo