काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको हैसियतमा कदम चाल्नसक्ने संकेत गरेका छन् ।
सापकोटाले संविधान र प्रतिनिधिसभाको नियमावली अनुसार आफूले आवश्यक पर्दा नेपाली जनताले दिएको सार्वभौम संसदको प्रमुखको हैसियतले आफ्नो अधिकार प्रयोग गर्नसक्ने उनले बताए ।
संविधानको धारा ११९ (३) ले सरकारले प्रत्येक जेठ महिनाको १५ गते संघीय संसदमा बजेट पेश गर्ने उल्लेख गरेको छ । तर, सो धाराले संघीय संसद नहुने परिकल्पना नगरेको अवस्थामा के गर्ने भन्ने अन्यौलता छ ।
सभामुख सापकोटाले घण्टा घण्टाको अवस्था हेरेर निर्णयमा पुग्ने समेत बताए । यो अवस्थामा सभामुखले चाल्नसक्ने कदम भनेको राष्ट्रपतिलाई अधिवेशन बोलाउन चिठी लेख्ने वा आफैं संसद बैठक बोलाउने रहेको जानकारहरुको बुझाइ छ ।