images
images

नेपालमा ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जनाको मृत्यु


  • 489
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    नेपालमा ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    बिहिबार २० हजार ९९२ जनाको  पीसीआर विधिबाट परीक्षण गर्दा ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । 

    योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । 

    कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगे ।

     

     


    images
    images

    Logo