images
images

अमेरिकामा विकास भएको जोन्सन एन्ड जोन्सन खोप ल्याउने तयारी


  • 695
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    अमेरिकामा विकास भएको जोन्सन एन्ड जोन्सन खोप ल्याउने तयारी

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स अन्तर्गत कोभिसिल्ड खोपको विकल्प खोज्न सुझाव दिएपछि स्वास्थ्य सेवा विभागले अमेरिकामा विकास भएको जोन्सन एन्ड जोन्सन  खोप ल्याउने तयारी अघि बढाएको छ ।

    नेपालले कोभिसिल्डको विकल्पको रुपमा ल्याउन पहल गरिएका तीनवटा खोपमध्ये जोन्सन एन्ड जोन्सन कम्पनी खोप दिन सकारात्मक देखिएको हो । 

    विश्व स्वास्थ्य संगठनले गएको मार्च १२ मा जोन्सनलाई कोभ्याक्स कार्यक्रममा समेटेको थियो । 

    कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पाउनुपर्नेमा अहिलेसम्म तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप पाएको छ ।

    अहिलेसम्म विकास भएका कोभिड–१९ विरुद्धका खोपमध्ये जोन्सन एन्ड जोन्सन एक डोज मात्रै लगाइने एक मात्र खोप हो ।


    images
    images

    Logo