images
images

हेटौँडा अस्पताललाई अक्सिजन सिलिण्डर खरिद गर्न नौ लाख


  • 496
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    हेटौँडा अस्पताललाई अक्सिजन सिलिण्डर खरिद गर्न नौ लाख

    वाग्मती । ग्रामीण असाहय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र मकवानपुरले  हेटौँडा अस्पतालमा अक्सिजन सिलिण्डर खरिदका लागि  रु नौ लाख सहयोग गरेको छ । 

    अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी रु नौ लाख सहयोग गरेको हो । 

    केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले अस्पतालमा उपचार हुने कोभिड–१९ का बिरामीको उपचारमा सघाउ पु¥याउने उद्देश्यले सिलिण्डर खरिद गर्न रकम सहयोग गरेको जानकारी दिए । 

    अस्पतालमा रहेका बिरामीका लागि दैनिक २४० वटा सिलिण्डर अक्सिजन आवश्यक रहेको भन्दै हालसम्म दाताका कारण खासै अक्सिजनको अभाव सिर्जना नभएको अस्पतालको दाबी छ । 

    हेटौँडा अस्पताललाई नेपाल जेसिज केन्द्रीय कार्यालयले १०१ वटा सिलिण्डर अक्सिजन सहयोग गरेको छ । 

    जेसीआई हेटौँडाको पहलमा नेपाल जेसिजमार्फत अक्सिजन सहयोग गरिएको नेपाल जेसिज वर्ष अध्यक्ष अरुणेश्वर खनालले जानकारी दिए ।  


    images
    images

    Logo