images
images

 बर्डफ्लु पुष्टि भएसँगै ५३५ वटा टर्की, ४९२ कुखुरा नष्ट


  • 508
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

     बर्डफ्लु पुष्टि भएसँगै ५३५ वटा टर्की, ४९२ कुखुरा नष्ट

    काठमाडौं । पशु सेवा विभागका अनुसार काठमाडौंको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा बर्डफ्लु रोग फैलिएको पुष्टि भएको छ ।

    विभागले कीर्तिपुर नगरपालिका वडा नम्बर ४ र ९ र चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ का कृषकले पालेका टर्कीका नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

    वर्डफ्लु भेटिएका क्षेत्रमा विभागले ५३५ वटा टर्की, ४९२ कुखुरा, ७६ बट्टाई, २० हास, १७८ अण्डा र ९०० किलो दाना नष्ट गरेको जनाएको छ ।

    बर्डफ्लु फैलन नदिन संघ, प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरिएको र बर्डफ्लु देखिएका क्षेत्रमा घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिसकेको विभागले जनाएको छ ।

    यसअघि गत माघ महिनामा पनि काठमाडौं, सुर्खेत, जाजरकोट र ललितपुरमा वर्डफ्लु भेटिएको थियो ।

     


    images
    images

    Logo