काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि भारतबाट कुनै सामान आउन नदिने गरी नेपाल भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।
प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र छ ।
सो सीमानाकामा ७२ बिओपी र ३९ एफओपिका पोष्ट छन् ।
ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन निर्देशन दिइएको डिआजी गौतमले बताए ।
यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँंग नियमित समन्वय गर्ने गरिएको, जथाभावी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउन लगाइएको जनाइएको छ ।



